दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

च्यासल पुगेर देउवाले दिए नेम्वाङलाई श्रद्धान्जली

काठमाडाैँ । नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरमा कांग्रेस सभापति शेरबहादुर देउवाले श्रद्धान्जली व्यक्त गर्नुभएकाे छ ।

एमालेका पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेर सभापति देउवाले श्रद्धान्जली व्यक्त गर्नुभएकाे हाे ।

नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने छ।  एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना,पुर्व राष्ट्रपति विध्यादेवी भण्डारी, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल र अष्टलक्षी शाक्य, सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, उपमहासचिव प्रदीप ज्ञवालीलगायतले श्रद्धाञ्जलि अर्पण गर्नुभएकाे छ ।   

त्यसैगरी एमालेका शीर्ष नेता कार्यकर्ता, शुभेच्छुकहरु श्रद्धाञ्जलिका लागि त्यहाँ पुगेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  १ : ४३ बजे