साहित्यकार राजेन्द्र पराजुलीको निधन

काठमाडौं । साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ। पराजुलीको उपचारका क्रममा मंगलबार बिहान ललितपुरको ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

अस्पतालका अनुसार पराजुलीको निमोनियाका कारण निधन भएको हो। साहित्यकार पराजुलीका दर्जनौं कथा तथा कृतिहरू प्रकाशित छन्।

पराजुलीका ुअघोरीु,ुशुक्रराज शास्त्रीको चस्माु,ुजन्तमन्तरु र ुकोटेश्वरको केटोु लगायत कृति प्रकाशित छन्। उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।

उहाँको श्रीमती , एक छोरा र एक छोरी हुनुहुन्छ।

प्रकाशित मिति : २६ भाद्र २०८०, मंगलबार  ११ : १३ बजे