दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भारतमा टिपर दुर्घटना हुँदा दुई नेपालीको मृत्यु

रुकुम । भारतको हिमाञ्चल प्रदेशमा दुर्घटनामा परी दुई नेपालीको मृत्यु भएको छ ।

रोजगारीका लागि भारत गएका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका-११ बुढ्डेराका जयबहादुर बुढा र डिलबहादुर सुनारको मृत्यु भएको हो।

तीन जना घाइते भएका छन्। घाइते हुनेमा आठबीसकोट-११ की खली बुढा, कर्णसिंह सुनार र तिलक बुढा रहेको स्थानीयवासी दलजित विकले जानकारी दिए।

घाइते हुनेमा अन्य जिल्लाका पनि रहेका छन्। कामबाट कोठा फर्किने क्रममा उनीहरू चढेको टिपर पल्टिएको बताइएको छ। उनीहरू टिपर चढेर काममा जाने र टिपरमै चढेर कोठा फर्किने गरेका थिए। उनीहरू गत वर्षको मङ्सिरमा रोजगारीका लागि भारतको हिमाञ्चल गएको बताइएको छ। 

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  ८ : ५२ बजे