‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

राजस्व अधिकृत २६ लाख नगदसहित पक्राउ

काठमाडौँ – नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना पक्राउ परेका छन् । 

प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।  

प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार  १० : ५४ बजे