काठमाडौँ । माइजोगमाई गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई झापाको बाह्रदशी गाउँपालिकामा हाजिर गर्न रोक लगाएको छ ।
लेखा अधिकृत रेश्मा राईसँग कार्यकक्षमै ‘रोमान्स’ गर्ने इलामको शुक्रवार बसेको बाह्रदशी गाउँ कार्यपालिकाको कार्यसमितिको बैठकले राईलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नस्विकारेको हो ।
१२ भदौमा कार्यालय पुगेका उनले जम्मा दुई दिन मात्रै हाजिर गरेर काठमाडौँ हानिएका थिए । पछि उनी काठमाडौँ भएकै बेला लेखा अधिकृतसँग रेश्मा राईसँग कार्यकक्षमै यौनजन्य क्रियाकलाप गरेको भिडियो बाहिरिएपछि राईलाई कार्यालयमा हाजिर लगाउन रोक लगाएको हो ।
इलामस्थित माईजोगमाई गाउँपालिकामा रहँदा प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र त्यहीँको लेखा अधिकृत रेश्मा राईबीच यौनजन्य गतिविधि समेटिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
प्रमुख प्रशासकीय अधिकृत राई सरुवा भएर बाह्रदशीमा पुगेसँगै पालिकाले रेश्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको समेत जिम्मेवारी दिएको थियो ।
तर,अहिले रेश्मा पालिकाको सम्पर्कमा नभएको माइजोगमाई गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति : २५ भाद्र २०८०, सोमबार १० : ४३ बजे
प्रतिक्रिया