काठमाडौँ । नुवाकोट जिल्लाको म्यागङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष एवं नेपाली काँग्रेसका नेता परस्त्रीसहित होटेलबाट रंगेहात पक्राउ परेका छन् । विदुर नगरपालिका वडा नम्बर २ को होटेल दरबार भ्युबाट हरिबहादुर तामाङ पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटना विवरण बताउन नचाहे पनि पक्राउको भने पुष्टि गरेको छ । महिलाको श्रीमानको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । वैदेशिक रोजगारीको सिलसिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए । महिलाको श्रीमानको सूचनापछि प्रहरीले होटेलबाटै उनीहरूलाई पक्राउ गरेको हो ।
तामाङ गत स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए । उनले नेकपा माओवादी केन्द्रका बुद्धि बहादुर तामाङलाई पराजित गरेका थिए । बुद्धिले ५८२ मत मात्र प्राप्त गरेका थिए ।
प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार ८ : २० बजे
प्रतिक्रिया