दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

हर्क साम्पाङको ठाडो आदेशमा पक्राउ परेका लिम्बुलाई प्रहरीले छाडिदियो

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गरेकै आधारमा पक्राउ परेका धरान १५ का अशोक लिम्बू रिहा भएका छन् । 

शुक्रवार पक्राउ गरेका उनलाई शनिवार बेलुका छोडिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले चक्रपथ डटकमलाई जानकारी दिए । 

‘हिजो बेलुकादेखि हाम्रो नियन्त्रणमा उहाँ हुनुहुन्न’,चक्रपथ डटकमसँग उनले भने । 

मेयर साम्पाङको ठाडो निर्देशनमा नगर प्रहरीले लिम्बुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानलाई बुझाएको थियो । 

डेङ्गु रोगको सचेतना कार्यक्रम गरिरहेका मेयर साम्पाङलाई घरै पिच्छे डेङ्गुले बिरामी भएर मरिरहेका छन् तपाईँ बाटोमा कार्यक्रम गर्नुहुन्छ भन्दै स्थानीय लिम्बुले प्रश्न सोधेका थिए ।  

लिम्बु पक्राउ परेपछि मेयर साम्पाङकाे चौतर्फी आलोचना भएको थियो । 

प्रकाशित मिति : २४ भाद्र २०८०, आइतबार  ११ : ४६ बजे