दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ। भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

शुक्रबार राति सूर्य विनायक नगरपालिका-८ आदर्श भक्तपुर फ्युल सेन्टर नजिक बागमती प्रदेश ०२-०२३ प २८५९ र प्रदेश नं ३ -०२-००२ प ६९३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेको बनेपाकी नवीना काफ्लेको मृत्यु भएको हो ।

दुर्घटनामा उनका श्रीमान् किरण घिमेरे घाइते भएका छन् ।  अर्को मोटरसाइकलमा सवार ओखलढुंगा सुनकोशी गाँउपालिका वडा नं. ४ घर भई हाल भक्तपुर नलिन्चोक बस्ने हिरा बडाल पनि घाइते भएका छन् ।

घाइते दुवै जनाको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

मोटरसाइकल अनियन्त्रित भई ०३-००१ ख २४११  नम्बरको टेलर गाडीमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १ : ०० बजे