सुनको मूल्यमा नयाँ कीर्तिमान

संयुक्त राष्ट्र संघमा भारतको स्थायी सदस्यताका लागि अमेरिकाको समर्थन

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको भेट निकै उपयोगी रहेको बताएका छन् । भारत र अमेरिकाबीच आर्थिक र जनताबीचको सम्बन्धका विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीले भारत र अमेरिकाबीचको मित्रताले विश्वको हितमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । राष्ट्रपति बाइडेन शुक्रबार दिल्ली पुगेपछि दुई नेताबीच द्विपक्षीय वार्ता भएको थियो।

यस बैठकपछि भारत र अमेरिकाले संयुक्त वक्तव्य जारी गरेका छन् जसमा अमेरिकाले भारतलाई संयुक्त राष्ट्र संघको स्थायी सदस्य बनाउनको लागि आफ्नो समर्थन दोहोर्याएको छ । इन्डो-प्यासिफिक क्षेत्रलाई स्वतन्त्र राख्न क्वाडको महत्त्वमा दुवै देश सहमत भएका छन् ।

बाइडेनले चन्द्रयान ३ र आदित्य एल १ मिसनका लागि भारतलाई बधाई दिए र इसरो र नासाबीचको सहयोग बढाउन जोड दिए उनीहरूबीच सेमिकन्डक्टर आपूर्ति श्रृंखलामा पनि कुराकानी भएको थियो। अमेरिकाले यस क्षेत्रमा भारतमा कुल ७० करोड डलर लगानी गर्नेछ ।

दुवै नेता भारत र अमेरिकाबीचको रणनीतिक साझेदारीलाई निरन्तरता दिन सहमत भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार यस बैठकमा अमेरिकी तर्फबाट अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेन, विदेशमन्त्री एन्टोनी ब्लिन्केन र राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिवान पनि उपस्थित थिए।

भारतीय प्रतिनिधिमण्डलमा विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल सहभागी थिए । जी-२० शिखर सम्मेलनको क्रममा मोदीले आगामी दुई दिनमा शीर्ष विश्व नेताहरूसँग १५ द्विपक्षीय वार्ता गर्नेछन्।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  १२ : २४ बजे