दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बाँकेमा दुर्घटनाः सात जनाको मृत्यु, दुई दर्जन घाइते

काठमाडौँ । बाँकेमा बस र ट्रक ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने २५  जनाभन्दा बढी घाइते भएका छन् । शुक्रबार राति दाङबाट आउँदै गरेको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दाङबाट आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो ।

मृतकको सनाखत भइसकेको छैन । प्रहरीका अनुसार दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पुर्‍याइएको छ । केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।

थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २३ भाद्र २०८०, शनिबार  ६ : ४० बजे