मकवानपुर। माइती घरबाट कुखुरा लिएर आउँछु भन्दै हिँडेकी एक महिला विगत १२ दिनदेखि सम्पर्क विहीन भएकी छिन् ।
मकवानपुरको मनहरी गाउँपालिका-७ रमनटारका कमान सिं स्याङ्बोकी पत्नी ३३ वर्षीया शान्ति भनेर चिनिने प्रिती माया स्याङ्तान सम्पर्कविहीन भएकी हुन् ।
गत भदौ १० गते पति काममा गएका बेला प्रिती आफ्नी दुई छोरीहरुलाई राक्सिराङ-२ भड्डी स्थित माइती घरबाट कुखुरा ल्याउँछु भन्दै निस्किएकी थिइन् ।
तर उनी माइती नपुगेको उनकी पति कमानले जानकारी दिए । कमानले बिहीबार पत्नीको खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय मनहरीमा पत्नीको हुलियासहितको निवेदन दिएका छन् ।
उनले प्रितीले गत भदौ १२ गते ससुरा बुबालाई फोन सम्पर्क गरी २/३ दिनमा घर आउँछु भनेको तर अहिले प्रितीको फोन सम्पर्क नम्बर बन्द रहेको बताए ।
ज्याला, मजदुरी गरेर जीवीकोपार्जन गर्दै आएका कमान धेरैदिन बितिसक्दा पनि हराएकी पत्नी सम्पर्कमा नआएपछि खोजी गरिदिन भन्दै प्रहरीकोमा पुगेका हुन् ।
प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार ४ : १६ बजे
प्रतिक्रिया