दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

माछा मार्नेलाई १० हजारदेखी १ लाखसम्म जरिवाना 

बागलुङ। बागलुङको तारखोला गाउँपालिकाले पालिका भित्र रहेका खोला, ताल तलैया तथा जलचर क्षेत्रमा माछा मार्न रोक लगाएको छ ।

गाउँपालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै गाउँपालिका भित्रका  खोला, ताल तलैया तथा जलचार क्षेत्रमा माछा मार्न रोक लगाएको जानकारी गराएको हो ।

ताराखोलाका खोलाहरुमा पाइने असला,कट्ले,बुदुना जस्ता प्रकारका माछाहरु जिल्लामै ताराखोलाका माछा खानको आन्तरिक प्रर्यटनको लागि मानिसहरु आउने गर्दछन् । यसको संरक्षण र दिगो उपयोगको सुनिनिश्चिता गर्दै दिगो विकासमा जलचरको रुपान्तरण गर्नका लागि गाउँपालिकाको साँझा दायित्व हो’, सूचनामा भनिएको छ, ‘गाउँपालिकाको जलचर एवं जल जैविक विविधता संरक्षण कार्यविधि,२०८० र गाउँपालिकाको निर्णय अनुसार भदौ २२ देखि कात्तिक १५ गतेसम्म ताराखोलामा माछा मार्न रोक लगाएको छ ।’

माछाको लागि यो समय माछाले फुल पार्ने तथा भुराको वृद्धि विकासको अवधि भएकाले समेत माछा मार्न रोक लगाएको उल्लेख ताराखोला गाउँपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरेले  बताएका छन् ।

गाउँपालिकाले सूचनाको अटेर गरेर सूचना अविधि भर माछा मारेको पाएमा गाउँपालिकाको जलचर एवं जलीय विविधता संरक्षण कार्यविधि, २०८० को दफा १४ बमोजिम दशहजार देखि १० हजार देखी १ लाखसम्म जरिवाना गर्ने प्रमुख प्रशासकिय अधिकृत प्रकाश गैरेले भनाई छ । गाउँपालिका भित्रबाट बग्ने विभिन्न खोलाहरु दरमखोलामा गएर मिसिन्छ, यस अगाडी नै  गलकोट नगरपालिकाले समेत दरमखोलामा माछा मार्न राेक लगाएकाे थियो ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  २ : ३० बजे