दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

स्कुटरको ठक्करबाट पैदल गस्ती गरिरहेका प्रहरी हवल्दार मृत्यु

सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका-२ कोदारी बजार नजिक सडक दुर्घटना हुँदा एक प्रहरी हवल्दारकाे मृत्यु भएको छ ।

बा.प्र.०२-०४३ प २८२१ नम्बरको स्कुटरको ठक्करबाट मकवानपुर रक्सीराङ गाउँपालिका-९ घर भई ईलाका प्रहरी कार्यालय कोदारीमा कार्यरत प्रहरी हवल्दार शिवन कुमार प्रजाको बुधबार राति मृत्यु भएको हाे ।

ईलाका प्रहरी कार्यालय कोदारीबाट पैदल गस्ती गर्ने क्रममा स्कुटरले ठक्कर दिई गम्भीर घाइते भएका  उनको प्राथमिक स्वस्थ्य केन्द्र बाह्रविसे हुँदै धुलिखेल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  १२ : २३ बजे