दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा

काठमाडौँ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राष्ट्रिय सभागृहमा राखिएको छ ।

उनको पार्थिव शरीरलाई विहान ११:०० बजेदेखि १२:०० बजेसम्म राष्ट्रिय सभागृहमा राखिने छ । त्यसपछि १२:३० देखि १:३० बजेसम्म पशुपतिमा राखिनेछ । उनको दिउँसो २:३० बजेअन्तिम संस्कार गरिने कार्यक्रम छ ।

वडाध्यक्ष रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो । उनी २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ११ : ४१ बजे