‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । केहि दिनयता नेपाली बजारमा सुनको मूल्य निरन्तर गिरावट भइरहेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएकोमा आज चार सय रुपैयाँले घटेको हो । बुधबार पनि सुनको मूल्य तीन सय रुपैयाँले घटेको थियो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजाररुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ ।                     

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ३० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४१० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।  

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ११ : १८ बजे