क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको आजका लागि पेसी तोकियो

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको आज पेसी तोकिएको छ । सन्दीपविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने भएको हो ।  

भदौ १० गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको १५ नम्बर इजलासमा बलात्कार मुद्दाको पेसी रहेको थियो । तर, मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो । त्यसपछि अदालतले भदौ २१ गते ९आज०का लागि पेसी तोकेको हो ।

सर्वोच्च अदालतले संवेदनशील विषयको मुद्दा भएको भन्दै अग्राधिकारसहित चाँडो फैसला गर्न आदेश दिइसकेको छ । तर, जिल्ला अदालतमा सन्दीपविरुद्धको मुद्दा किनारा लाग्न सकेको छैन । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहिबार  ८ : ०८ बजे