दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

त्रिशूली नदीमा कार खस्यो

काठमाडौं – मंगलबार राती साढे १ बजे त्रिशूली नदीमा कार खसेको छ।

 सिमराबाट काठमाडौं आउँदै गरेको ना४च ६५१४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल त्रिशूली नदीमा खसेको हो ।

 प्रहरीका अनुसार उक्त कारमा चालक मात्रै रहेको बुझिएको छ । कारका  चालक बारा जिल्ला सिमरा उपमहानगर–११ का २३ वर्षीय प्रविण गौतम हाम फालेर बाँच्न सफल भएका छन् ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार  १ : ०४ बजे