कास्की । पोखरा महानगरपालिकाको आयोजनामा नयाँ वर्ष– २०७८ को अवसरमा बुधबार पोखरामा सम्पन्न ‘मेयर साइकल दौड’ प्रतियोगितामा स्याङ्जाको वालिङ नगरपालिकाका प्रमुख दिलीपविक्रम खाँडले प्रथम स्थान हासिल गर्नुभएको छ ।
पोखराको पर्यटकीय क्षेत्र हल्लनचोकबाट शुरु भएको चार किमी निर्धारित दौडको दूरी १५ मिनेट ३१ सेकेण्डमा पूरा गर्दै खाँडले उपाधिसहित १० तोला चाँदीको पदक जित्न सफल हुनुभयोे ।
यसैगरी हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले निर्धारित दूरी १५ मिनेट ८८ सेकेण्डमा पार गरी द्धितीय र कास्कीको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले १६ मिनेट ४८ सेकेण्डमा दूरी पार गरी तृतीय बन्न सफल हुनुभयो ।
द्धितीय र तृतीयले क्रमशः आठ र सात तोला चाँदीको पदक पुरस्कार स्वरुप प्राप्त गर्नुभएको थियो ।
विजयी खेलाडीलाई महानगर प्रमुख मानबहादुर जिसीले पुरस्कार प्रदान गर्नुभएको थियो । हल्लनचोकबाट शुरु भएको दौड बाराही चोक–राष्ट्र बैंक–सिर्जना चोक–सभागृह चोक हुँदै सभागृह हल परिसरमा पुगेर समापन गरिएको थियो ।
प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार ८ : ५९ बजे
प्रतिक्रिया