दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

प्रचण्डको भ्रष्टाचार हटाउने कुरा देखावटी मात्रै हो : डा. सुन्दरमणि दीक्षित

काठमाडौं । नागरिक समाजका अगुवा डा. सुन्दरमणि दिक्षितले सरकारले भ्रष्टाचार निर्मुल पार्छु र सुशासन कायम गर्छु भनेर ठूलो गफ गरे पनि काम भने गर्न भने नसकेको आरोप लगाएका छन् ।

आज मंगलबार काठमाडौंका आयोजित साक्षात्कार कार्यक्रममा उनले सरकारले चलाएको भ्रष्टाचारविरुद्धको अभियान ‘हात्ती आयो, आत्ती आयो फुस्सा’ भनेजस्तै भएको बताएका हुन् ।

‘भ्रष्टाचार निमुर्ल पार्ने कुरा अहिले देखिहाल्नुभयो, हात्ती आयो, हात्ती आयो फुस्सा भयो,’ उनले भने । नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास, सुन काण्ड प्रकरण यत्तिकै सेलाएर जान लागेको भन्दै डा. दिक्षितले भने, ‘अहिलेका प्रधानमन्त्री र गृहमन्त्री मिलेपछि अहिले चर्चामा रहेका भ्रष्टाचारका सबै काण्ड टुङ्गो लाग्छ भन्ने सोचेका थियौँ, तर त्यस्तो देखिएन ।’

वास्तवमा नेपालको रोग भनेको नै भ्रष्टाचार भएको र २००७ सालदेखि आजसम्मका भ्रष्टाचारका काण्ड टुङ्गो नलागेको भन्दै उनले अगाडि भने, ‘यो (भ्रष्टाचार) त क्यान्सर नै हो, यसलाई निमिट्यान्न पार्ने अवसर थियो । देखिहाल्नुभयो, ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुरामलाई घरमा गएर बयान लिइन्छ । अनि मुद्दा चलाउँदा साक्षीमात्रै बनाइन्छ । क्याविनेट सिस्टममा प्राइम मिनिष्टर भनेको सर्वेसर्वा हो । अर्डर दिने उनीहरू नै थिए । भुटानी शरणार्थी प्रकरणमा पनि जब कांग्रेसकै माथिल्लो नेता खासगरी आरजुसम्म पुग्ने डर हुन्छ, तब पुलिस सरुवा गरिन्छ । त्यो गर्नेमा नारायणकाजी होइनन्, देउवाको प्रेसरले प्रचण्डले गरेको हो ।’

सुन काण्डमा माओवादीका नेता कृष्णबहादुर महरालाई चिट नकाटिएकोमा पनि उनले आक्रोश व्यक्त गरे । ‘महरालाई चिट काटेको छैन् । वर्षमान पुनको त्यत्रो तस्वीर बाहिरियो, उनलाई पनि केही गरेको छैन् । अहिले प्रचण्डले भ्रष्टाचार निर्मुल पार्छु भन्ने विल्कुल आँखामा छारो हाल्ने काम हो । अहिलेका तीनै वटा मुद्दा टुङ्गो लाग्दैनन् ।’

दिक्षितले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई शीर्ष नेताहरू मिलेर बाइपास गरिएको टिप्प्णी गरे । उनले भने, ‘अहिले उनलाई हटाउन लागिएको कुरा आएको छ, नारायणकाजीलाई सुरूदेखि नै हटाउन खोजिएको थियो । नारायणकाजीलाई हटाउनेबित्तिकै भ्रष्टाचारका चार वटै काण्ड समाप्त हुन्छ । अहिले एनी हाउ, नारायणकाजी हटाउ अभियान चलेको छ । ठूला–ठूला भ्रष्टाचारमा शीर्ष नेताहरू सबै मुछिन लागे । माथिल्लो तहका सबैलाई छुन आँटेपछि गृहमन्त्री हटाउने षडयन्त्र हुन थालेको छ । प्रचण्डको भ्रष्टाचार हटाउने कुरा देखावटीमात्रै हो ।’

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : १६ बजे