दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

मधेश प्रदेश सांसद यादवलाई थुनामा राख्न अदालतकाे आदेश

जनकपुरधाम । हत्या अभियुक्त मधेश प्रदेशका सांसद अनिरुद्धसिंह यादवलाई सप्तरी जिल्ला अदालतले पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ (ख)बाट निर्वाचित सांसद यादवलाई प्रहरीले सोमबार राजविराज नगरपालिका– ७ बाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले आज अदालतमा पेश गरेको थियो ।

अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले सांसद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको जानकारी दिए । आदेशलगत्तै उनलाई थुनामा लगिएको छ ।

१६ वर्षअगाडि माओवादी नेता गोविन्द चौधरीको गोली हानी हत्या भएको थियो । चौधरीको हत्या मुद्दामा यादवलाई तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : ५० बजे