दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

पूर्वराष्ट्रपति भण्डारीद्वारा क्रिकेट खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पाकिस्तान र श्रीलङ्कामा जारी एसिया कप क्रिकेट २०२३ मा सहभागी नेपाली क्रिकेट खेलाडीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपाली क्रिकेट टिमले भारत र पाकिस्तान जस्ता क्रिकेटको लामो इतिहास भएका र विश्व कप जितिसकेका उच्च व्यावसायिक टिमहरूसँगको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गरी विश्वका क्रिकेट प्रेमीहरूको मन जित्न सफल भएको भन्दै उहाँले यसबाट नेपाली क्रिकेटको विकासमा नयाँ सम्भावनाको ढोका खुलेको उल्लेख गर्नुभएको हो । 

‘मुलुकले उच्च तहको क्रिकेटमा नयाँ सुरुवात गर्नु हामी सबैको लागि खुसी र गर्वको विषय हो’, उहाँले भन्नुभएको छ ।

उहाँले मलेसियामा सञ्चालन भइरहेको टी-ट्वान्टी महिला विश्वकप छनौट प्रतियोगितामा पनि नेपाली महिला क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरिरहेकोमा सफलताको कामना गर्दै नेपाली क्रिकेट टिमका खेलाडी, प्रशिक्षक र नेपाल क्रिकेट सङ्घलाई हार्दिक बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो । 

क्रिकेटसँग सम्बन्धित पूर्वाधार निर्माणका साथै खेलाडीको क्षमता विकासमा लगानी बढाउन सके मात्र नेपाली क्रिकेटले थप व्यवसायिकता र प्रतिस्पर्धी क्षमता विकास गर्ने भन्दै उहाँले विश्व समुदायमा मुलुकको पहिचान निर्माण गर्न र आत्मसम्मान बढाउन खेल क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले सरकार,निजी क्षेत्र र शैक्षिक संस्थाहरूले क्रिकेटलगायत समग्र नेपाली खेलकूदको विकासमा थप लगानी गर्नु अत्यावश्यक रहेको बताउनुभयो । 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : ४५ बजे