सुनको मूल्यमा नयाँ कीर्तिमान

कोहलीसँग अटोग्राफ लिएपछि सोमपालले भने –उनी क्रिकेटर मात्रै होइनन्,भावना पनि हुन्

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउण्डर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएको तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।

सोमबार भएको एसिया कपअन्तर्गतको नेपाल र भारतको खेलपश्चात् सोमपालले जुत्तामा कोहलीको अटोग्राफ लिएका हुन् ।

उनले अटोग्राफ लिँदै गरेको तस्वीर सार्वजनिक गर्दै कोहली एक क्रिकेटर मात्रै नभएर भावना भएको उल्लेख गरेका छन्। ‘विराट कोहली क्रिकेटर मात्रै होइनन्, उनी भावना हुन्।’, सोमपालले लेखेका छन् ।

यस्तै, सोमपाललाई ह्याप्पी ड्रेसिङ रुममा भारतका अलराउण्डर हार्दिक पाड्याले मेडल लगाइदिएका छन् । नेपाल र भारतको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई मेडल प्रदान गरिएको थियो ।

एसिया कपमा समूह ए बाट पाकिस्तान शीर्ष र भारत दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । नेपाल भने जित विहीन हुँदै बाहिरिएको छ ।

​​​​​​​

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : ११ बजे