दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

क्रिश्चियन धर्मको प्रचार गर्ने महिला र पुरुषलाई हिन्दुवादी युवाहरूको कालोमोसो

जनकपुर । हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचारप्रसारगर्ने महिला-पुरुषलाई हिन्दूवादी युवाहरूले कालोमोसो दलेका छन् । 

जनकपुरधामको परिक्रमा सडकमा क्रिश्चियन धर्मको प्रचार गर्ने नाम नखुलेका एक महिला र एक पुरुषलाई हिन्दूवादी युवाहरुले कालोमोसो दलेका हुन् ।

हिन्दू धर्मको गलत व्याख्या गरी क्रिश्चियन धर्मको प्रचार प्रसार तथा धर्म परिवर्तन गर्ने गरेकाले उनीहरु दुवै जनालाई कालोमोसो दलेर प्रहरीमा बुझाएको हिन्दूवादी महिला मञ्जु मण्डलले जानकारी दिइन् । 

अहिले उनीहरु दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १ : २१ बजे