साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आउँदो साता काठमाडौंमा ह्याकरहरूको सम्मेलन हुँदै, टिकेटको मूल्य ३३ हजार रुपैयाँ

काठमाडौं । ह्याकरहरूको सम्मेलन एवं वर्कशप ‘थ्रेट कन’ आगामी सातादेखि हुने भएको छ । साइबर सुरक्षा कम्पनी एवं सम्मेलनको आयोजक थ्रेटनिक्सले पाँचौं संस्करणको ‘थ्रेट कन २०२३’ भदाै २५ देखि २७ गतेसम्म सञ्चालन गर्न लागेको हो ।

आयोजक थ्रेटनिक्सका अनुसार यो कार्यक्रम दुई चरणमा काठमाडौंको होटेल याक एन्ड यतिमा सञ्चालन हुनेछ । पहिलो चरणमा ह्याकरको वर्कशप हुनेछ भने दोस्रो चरणमा सम्मेलन हुनेछ । यी दुवै कार्यक्रमका लागि सहभागीले छुट्टाछुट्टै टिकेट लिनुपर्ने हुन्छ ।

२५ र २६ गते हुने वर्कशपका लागि सहभागीले ३२ हजार ९९० रुपैयाँको टिकेट लिनुपर्ने हुन्छ । यो टिकेट लिने सहभागीले आफ्नो मोबाइलको सेक्युरिटी टेस्टिङ कङ-फु (Kung-Fu) सुधार गर्दै एन्ड्रोइड, आईओएस र आईओटी एपको सुरक्षाको बारेमा सिक्नेछन् ।

विशेषगरी मोबाइल एप सेक्युरिटीमा रुचि राख्ने व्यक्ति, पेनिट्रेसन टेस्टर तथा मोबाइल एप डेभलपर सहभागी हुन सक्नेछन् ।

त्यसैगरी भदाै २७ मा हुने सम्मेलनका लागि विद्यार्थी, सर्वसाधारण (स्ट्यान्डर्ड) र कर्पोरेट गरी तीन वर्गका टिकेट उपलब्ध छन् । विद्यार्थीका लागि दुई हजार ९९९ रुपैयाँ, स्ट्यान्डर्डका लागि चार हजार ९९९ रुपैयाँ र कर्पोरेटका लागि नौ हजार ९९९ रुपैयाँ तोकिएको छ ।शुल्क अनुसार सहभागीले पाउने सुविधा पनि फरक-फरक रहेका छन् ।  

सम्मेलनमा विज्ञ, ह्याकर तथा अनुसन्धानकर्ता, सरकारी क्षेत्र, उद्योग क्षेत्र लगायत सबै सरोकारवालाहरूको सहभागिता हुने आयोजकले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : २६ बजे