दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

भारतीय सद्गुरुसँग पूर्व राजा र गृहमन्त्रीको गोप्य भेटघाट

काठमाडौँ । भारतीय गुरु जग्गी बसुदेव (सद्गुरू) लाई पूर्वराजा ज्ञानेन्द्र शाह र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गोप्य रुपमा भेट् गर्नुभएको छ ।

आइतबार साँझ भारतीय सद्गुरुलाई भेट्न काठमाडौँको बत्तिसपुतलीमा रहेको द्वारिकाज होटलमा पूर्वराजा शाह र उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ पुग्नुभएको हो ।

एक कार्यक्रममा सहभागी हुनुभएका उहाँहरु एकै टेबलमा बसेर केही कुराकानी गरेकोजस्तो तस्बिरमा देखिन्छ । तर उहाँहरुका बीचमा कुराकानी भयो या भएन भन्ने बारेमा थाहा हुन सकेको छैन ।

होटलमा पूर्वराजा शाह पुगेलगत्तै उपप्रधानमन्त्री श्रेष्ठ पनि पुग्नुभएको थियो । उहाँहरु छुट्टाछुट्टै टेबलमा बसेर सद्गुरूसँग छलफल गर्नुभएको थियो । स्रोतका अनुसार छलफलमा नेपालको विभिन्न क्षेत्रका करिब १५ जनाको सहभागीता रहेको थियो । एउटा टेबलमा  पूर्वराजा शाह र सद्गुरु, अर्को टेबलमा पूर्व रानी र हिमानी शाह र अर्को टेबलमा उपप्रधानमन्त्री श्रेष्ठका साथ पर्यटन व्यवसायी तथा होटल होटल द्वारिकाजका सञ्चालक अम्बिका श्रेष्ठ हुनुहुन्थ्यो ।

सद्गुरु दुई दिन अघि नेपाल आउनु भएको बेला  उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ३३ बजे