साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

नेपाल र भारतबीचको खेल हेर्न जनकपुरधामका विद्यालयमा दिउँसो २ बजेपछि बिदा

जनकपुरधाम ।  जनकपुरधाम उप- महानगरपालिकाले नेपाल र भारत बीचको खेललाई मध्यनजर गरि सबै शैक्षिक संस्थाहरूमा आधा दिन बिदा गने निर्णय गरेको हो। एसिया कपलाई मध्यनजर गरी सोमबार दिउँसोदेखि शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको छ । 

एसियाकप अन्तर्गत सोमबार भइरहेको नेपाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गर्न दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदाको निर्णय गरेको हो । 

सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिने निर्णय भएको शिक्षा शाखाका प्रमुख मेहीलाल यादवले अन्नपूर्णलाई जानकारी दिए। सूचनामा नेपाल-भारतसङ एसिया कपको दोश्रो खेल ३ बजेदेखि खेलिने भएकाले हाम्रो गौरवशाली टिमको हौसला बढाउन र विद्यार्थीहरूमा खेलप्रति उर्जावान भावना जागृत गराउनका निम्ति आज दिउँसो २ बजेपछि कुनै पनि कक्षा सञ्चालन नगरी बिदा गर्न अनुरोध गरिएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  १ : ०६ बजे