ललिता निवास प्रकरणमा आजदेखि प्रतिवादीको थुनछेक बहस

काठमाडौँ – ललिता निवास जग्गा हिनामिना प्रकरणमा आजदेखि प्रतिवादीको थुनछेक बहस सुरु हुने भएको छ । 

जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार आज चिया ब्रेकपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुने भएको हो ।  

जिल्ला अदालत काठमाडौँमा सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस सुरु हुनेछ ।  

अघिल्लो आइतबार सरकारी वकिलले सरकारी छाप दुरुपयोगमार्फत किर्ते गरेको भन्दै ३१० जनाविरुद्ध मुद्दा दायर गरेका थियो । 

पक्राउ परेकाहरूको सोमबार, मंगलबार, बुधबार र शुक्रबार बयान भएको थियो । उनीहरूको बयान सकिएपछि आइतबारदेखि थुनछेक बहस सुरु भएको हो ।

प्रकाशित मिति : १८ भाद्र २०८०, सोमबार  ८ : ०७ बजे