दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

दाङमा दृष्टिविहीन बालिका बलात्कृत

देउखुरी । दाङको देउखुरीमा दृष्टिविहिन बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

राप्ती गाउँपालिका २ मा रहेको आदर्श नमुना माद्यमिक विद्यालयभित्र एक दृष्टिविहीन बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका हुन् ।

आदर्श माध्यमिक विद्यालयमा अध्ययन गर्ने दृष्टिविहीन १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले आर्दश विद्यालयका कार्यालय सहयोगी तथा बसका सह–चालक रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

उनलाई आइतबार (आज) बिहान करिब ८ बजे विद्यालयबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक उज्वल बहादुर सिंहले जानकारी दिनुभयाे । प्रहरी निरीक्षक सिंहका अनुसार खनालले गत भदौ ४ गते बालिकामाथि बलात्कार गरेको प्रहरीमा जाहेरी परेको छ ।

बालिका सोही विद्यालयको दृष्टिविहीन कक्षामा पढ्दै आउनुभएको थियाे । विगत पाँच वर्षदेखि सोही विद्यालयको होस्टेलमा बस्दै आउनु भएकि बालिकालाई भान्सा कोठामा लगेर खनालले बलात्कार गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीका अनुसार आरोपलाई सरकारी वकिल कार्यालय लैजाने तयारी रहेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : ३३ बजे