जुम्लामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

जुम्ला ।  जुम्लामा जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।

कनकासुन्दरी गाउँपालिका– ४ छलपुनेरामा आज जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । 

नाग्म–मुगु सडकखण्डको कनकासुन्दरी–४ गोडिज्यूलाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जिप दुर्घटना हुँदा चालक मुगुको छायांनाथ रारा नगरपालिका–५ का अविराज कार्की र सहचालक सोही ठाउँकै रुपबहादुर रावलको मृत्यु भएको प्रहरी नावय उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिनुभयो । 

जिप सडकबाट झण्डै तीन सय मिटर तल खसेको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : १० बजे