सुनको मूल्यमा नयाँ कीर्तिमान

आइसिसी महिला टि–२० विश्वकप एसिया छनोटः नेपालको लगातार तेस्रो जित

काठमाडौं । आइसिसी महिला टि–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

नेपालले आफ्नो तेस्रो खेलमा आइतबार बिहान भुटानलाई पराजित गरेको हो । जितको लागि ४० रनको सामान्य लक्ष्य पाएको नेपालले १३.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो ।

जितसँगै नेपाल समूह ‘ए’को शीर्षस्थानमा उक्लिएको छ । यसअघि पहिलो खेलमा नेपालले घरेलु टीम मलेसियालाई हराएको थियो भने दोस्रो खेलमा बहराइनलाई हराएको थियो ।

अब नेपालले मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुई मध्ये एक खेल जिते नेपाल सेमिफाइनलमा पुग्नेछ ।

मेलेसियामा जारी प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् ।

प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छ । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टि–२० क्वालिफायर खेल्न पाउने छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १० : ५३ बजे