मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा पूर्ण सुनुवाइ हुँदैछ । यसअघि भदौ ७ गते रिटमाथि अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सुनुवाइका लागि १५ गते शुक्रबार पूर्ण इजलासमा पेशी तोक्न आदेश दिएको थियो । 

शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि ‘हेर्न नमिल्ने’ भएसँगै पुनः आज सुनुवाइको लागि पेशी तोकिएको छ ।   

मुख्यमन्त्री थापाले गत भदौ ४ गते विश्वासको मत लिँदा सभाध्यक्ष गरेका कांग्रेस सांसद ईस्राईल मन्सुरीले पनि विश्वासको मत दिएर बहुमत पुर्‍याएका थिए ।  

त्यसविरुद्ध  पूर्वमुख्यमन्त्री एवं एमाले नेता हिक्मत कार्कीले सर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो ।

थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न सर्वोच्चले आदेश दिएको थियो । 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : ०६ बजे