साफ यू–१७ च्याम्पियनसिप आजदेखि

  नेतृत्वको सङ्कट ?

 एमालेमा जबजजस्तो उन्नत सिद्धान्त छ तर व्यवहार भने ठीक  विपरीत छ । नेता छन्, नेतृत्व क्षमता कमजोर छ । स्पष्ट रूपमा भन्दा बहु आयामिक सिर्जनात्मक क्षमताको पर्याप्त अभाव छ । संस्कृति र सांस्कृतिक रूपान्तरणजस्तो गुणात्मक रूपान्तरणकारी सोचको पूर्ण अभाव अधिकांशमा देखिन्छ ।

जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गर्छ तर पार्टीमा नोकर शाही जनवाद व्याप्त छ । एकोहोरो प्रशंसा र आरती मात्र उतारेको सुन्न चाहने नेतृत्व छ । पार्टी र नेताको माया गरेर सुझाव दिँदा र सकारात्मक आलोचना गर्दा बदला लिने स्वभाव अधिकांश नेतामा पाइन्छ । पार्टी छ, जीवन्तता छैन । मोर्चा सङ्गठनहरू छन् तर ती अधिकांश नाम मात्रका छन् । तिनले गरे पनि नगरे पनि खोजी गर्ने माइबाप कोही छैन । बुद्धिजीवी र स्रष्टा छन् तर ती घँटेसी लाग्ने गरी पगाहा लगाएका प्राणी सरह छन् । जबजले मन जितेर राजनीतिक र राजकीय नेतृत्व  हासिल गर्नु पर्छ भन्छ तर अधिकांश नेतृत्व मन बिझाउने खालको  देखिन्छ ।

जबजले प्राज्ञिक स्वतन्त्रताको पक्षपोषण गर्छ तर पार्टीमा नोकर शाही जनवाद व्याप्त छ । एकोहोरो प्रशंसा र आरती मात्र उतारेको सुन्न चाहने नेतृत्व छ । पार्टी र नेताको माया गरेर सुझाव दिँदा र सकारात्मक आलोचना गर्दा बदला लिने स्वभाव अधिकांश नेतामा पाइन्छ । जननेता मदन भण्डारीले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन चाहनु भएको थियो तर  अझै पनि पार्टीमा  काँडाघारी विद्यमान छ । माकुने कालको गैरकम्युनिस्ट चरित्र अझै हाबी देखिन्छ ।​​​​​​​

 

जननेता मदन भण्डारीले पार्टीलाई प्रतिभाको फूलबारी बनाउन चाहनु भएको थियो तर  अझै पनि पार्टीमा  काँडाघारी विद्यमान छ । माकुने कालको गैरकम्युनिस्ट चरित्र अझै हाबी देखिन्छ । इटहरीमा निवर्तमान उपप्रमुखका चरम आर्थिक अनियमितताका कुरा सतहमा आइरहेका छन् । स्थानीय मनमोहन प्राविमा पालिकाले भवन निर्माण गर्न प्रदान गरेको भारी  रकम मध्ये मोटो रकम दबाब र प्रभावसहित अनेक हत्कण्डा प्रयोग गरेर  उपप्रमुखले हत्याउन खोजेको आराेप छ । जसरी पनि धन आर्जन गर्न ज्यान फालेर लाग्ने अरू पनि होलान् । बेलैमा खोजी नगरे टापकबहादुर छोरासहित पार्टीको बदनाम गर्न इटहरी र सुनसरीमा नै तयार देखिन्छन् ।   

 जबजले अयोग्यमध्ये योग्य होइन योग्यमध्ये योग्यतम नेतृत्व निर्माण गर्ने कुरामा जोड दिएको छ । तर अझै पनि अधिकांश रूपमा अयोग्य कै हालीमुहाली देखिन्छ । जबजले नेपाली विशेषताको समाजवादको आधार निर्माण गर्दै देश र जनताको हितलाई सर्वोपरि राखेको छ तर अधिकांश नेतृत्व सरकार,सत्ता,शक्रि र सम्पत्ति आर्जन गर्ने कुरामा मात्र केन्द्रित देखिन्छ । जबजले पार्टीलाई भुईँ तहदेखि सबल बनाउन खोजेको छ । तर नेतृत्व सतही दृष्टिकोण राख्छ । आलोचना ओखती हो भनिन्छ तर सुझाव दिँदा पनि नेतृत्व बदलाको भावना राख्छ । मदन भण्डारी नातावाद र कृपावाद विरुद्ध अडिग हुनुहुन्थ्यो तर अहिले नेतृत्व अवसरवादीको घेरामा बस्न रुचाउँछ ।  

भण्डारी कार्यकर्ता र नेताहरू कविता लेख्न  लगाउनु हुन्थ्यो । यसको मतलब उहाँ सिर्जनशील तथा रचनात्मक हुन प्रेरित गर्नु हुन्थ्यो । पार्टीलाई  दब्बू  होइन बहु आयामिक सिर्जनशील  र दर्बिलो बनाउन प्रयत्न गर्नुहुन्थ्यो । मदनले साहित्य संगीत कला विहीन साक्षात् पशु पुच्छ विषाणहीन अर्थात् कला चेत नभएको मानिस सिङपुच्छर जस्तो पशु पहिचान नभएको प्राणी हो भन्ने मर्म बोध गर्नु भएको थियो । यसको मतलब साहित्यिक सामान्य चेत र चिन्तन बिनाको मानिसलाई  पशु भन्न लायक पनि हुन्न । पार्टीमा नरपशुको  भीड देखिन्छ । पशुको झैँ कहिल्यै बुद्धि नआउने त होइन नरपशुको तर कहिले आउँछ अहिले नै ठेगान गर्न सकिएन ।  यस्ता नेता  कवि भाषा वा अभिधा, लाक्षणिक व्यञ्जनात्मक प्रतीकात्मक अभिव्यक्ति बारे शून्य रहेका छन्  । यस्ताहरूको पार्टीमा रजगज देखिन्छ ।

मदन एउटा अगुवा व्यक्तिमा दश विशेषता हुनुपर्छ भन्नु हुन्थ्यो । अहिले शून्य विशेषताको चकचकी देखिन्छ । गुरु वा महागुरु आफू मात्र विषय विशेषज्ञ र महान् जानकार भएर मात्र हुँदैन त्यसले त एकभन्दा एक प्रतिभाशाली चेला तयार पार्न सक्नुपर्छ । यस खालको सुझबुझ पटक्क देखिन्न । गुरुले चेलाहरूलाई पढ्न लेख्न प्रेरित पो गर्नुपर्छ,। पढ्दैन भने कसरी उसलाई पढ्न प्रेरित गर्नुपर्छ भन्ने काइदा जानेको हुनुपर्छ । त्यतिले पनि भएन भने लौरो लगाएर भए पनि पढ्न बाध्य गराउनु पर्छ । रहरले पढ्ने धेरै कम हुन्छन् । मदनले यस्तै काम गरेको यस लेखकलाई थाहा छ । नपढ्नेलाई पढ्ने पढ्नेलाई जान्ने जान्नेलाई विषय विज्ञ बनाउन सक्ने पो गुरु त । डिस्टिङ्सन उत्तीर्ण विद्यार्थी भर्ना गरेर अनि मैले यसो त्यसो गरेँ भनेर फुटानी गर्नु बेकार छ । स्थायी समितिका कतिपय सदस्यहरू नै जबज अनुसार सांस्कृतिक रूपान्तरण कसरी गर्नु पर्छ भन्ने पटक्क जान्दैनन्  । अहिले पार्टीले मध्य पहाडी राजमार्ग अभियान गर्ने सोच ल्याएछ यो राम्रो हो तर टाउका मात्र गनेर र तिनको भेला मात्र गरेर पार्टी सबल हुँदैन । पिँध बिनाको लोहोटा जस्तासुकै परिस्थितिमा पनि ठिङ्ङ  उभिँदैन ।   यस्ता अभियानमा गुणात्मक रूपान्तरणकारी  विषय प्रवेश मात्र गराए जाती हुन्थ्यो तर आफू पाखुरो मात्र परिएन अनि कौन पुछे खेसरीका दाल । मिसन ०८४ लक्षित अभियानका प्रदेश र जिल्लाका इन्चार्जसित सांस्कृतिक रूपान्तरणसित सम्बन्धित र जबज अनुसार रूपान्तरण के कस्तो हुन्छ गरौँ म सहयोग गर्छु भनेँ तर अहिलेसम्म नेता चुपचाप र मौन छन् । डा. पोखरेलले भने अनुसार गर्दा र उनीसित हिड्दाबोल्दा पनि हेडक्वाटरले दागा धर्ला भन्ने आशङ्का व्याप्त रहेको देखिन्छ ।   

अहिले पार्टीले मध्य पहाडी राजमार्ग अभियान गर्ने सोच ल्याएछ यो राम्रो हो तर टाउका मात्र गनेर र तिनको भेला मात्र गरेर पार्टी सबल हुँदैन । पिँध बिनाको लोहोटा जस्तासुकै परिस्थितिमा पनि ठिङ्ङ  उभिँदैन ।   यस्ता अभियानमा गुणात्मक रूपान्तरणकारी  विषय प्रवेश मात्र गराए जाती हुन्थ्यो तर आफू पाखुरो मात्र परिएन अनि कौन पुछे खेसरीका दाल ।

 

एमाले नेताहरूमा पठन संस्कृति शून्य छ भन्ने कुरा उनीहरूका अभिव्यक्तिबाट अवगत हुन्छ । क्षमतावान्ले एकै पटक पाएको मौका भरपुर सदुपयोग गर्छ तर पटक पटक मौका पाउँदा पनि क्षमता देखाउन नसक्ने नेता वा कार्यकर्तालाई अनावश्यक रूपमा काँधमा बोकेर हिँड्न हुँदैन । दुई दुई  पटक अनुकूल परिस्थिति हुँदाहुँदै निर्वाचनमा हार्ने नेतालाई फेरि निर्वाचनमा उठाउनु मूर्खता हो । यस्ता कुराबाट उपर्युक्त नेता निर्वाचन मनोविज्ञानका दृष्टिले अत्यन्त कमजोर छ भन्ने बुझ्नु पर्दैन ?  एउटै क्लासमा दुई – दुई पटक फेल भएपछि त्यसैलाई क्लास चढाउँदा पार्टी सबल बन्छ । मानौँ एमालेमा स्रष्टा,लेखक र बुद्धिजीवीको कुनै काम नै छैन । यिनलाई दुअन्नी र चउन्नी कार्यकर्ता सरह मान्नेको सङ्ख्या धेर छ ।   

बिकाऊ पार्टी बनाउने हो भने बोक्रामा मात्र ध्यान दिए हुन्छ । संस्कृति र सांस्कृतिक रुपान्तण जस्तो विषय पार्टीमा किन ओझेल पारिन्छ ।

 

टिकाउ काम गर्ने हो चुरोमा ध्यान दिनुपर्छ । चुरो भएकाले सती साल सय वर्ष लडा,खडा र पडा हुँदा पनि जीवित रहन्छ । तर बोक्रा पनि चाहिन्छ पलाँस पनि आवश्यक हुन्छ । त्रिआयमिक .विशेषता बिना पार्टीलाई व्यापकतम रूपमा  विस्तार गर्नै सकिन्न । चर त्यसको मूल चाहिँ चुरो नै हो । होइन बिकाऊ पार्टी बनाउने हो भने बोक्रामा मात्र ध्यान दिए हुन्छ । संस्कृति र सांस्कृतिक रुपान्तण जस्तो विषय पार्टीमा किन ओझेल पारिन्छ । किन सांस्कृतिक गहन चिन्तन गर्ने नेताहरू मणि थापा र  खगेन्द्र राईहरू उपयुक्त जिम्मेवारी विहीन हुन्छन् ? अरू पार्टी र नेता जस्तो नभएर तीनका तुलनामा  कम भ्रष्टाचारी भएर मात्र हुन्छ अरू पार्टीका नेता कार्यकर्ता जस्तो कम बेइमान भएर काम चल्छ । जबज अनुसार सबै क्षेत्रमा श्रेष्ठ हुनु पर्दैन ? यस्ता कुरालाई प्रोत्साहित गर्नु पर्दैन । यसरी हेर्दा एमालेमा नेतृत्वको सङ्कट देखिन्छ । अहिले धमाधम प्रदेश समितिको अधिवेशन हुन लागिरहेको छ  तर सरदर हालत माथि भनेझैँ देखिन्छ । कोसी प्रदेश कम्युनिस्ट आन्दोलनको मलिलो जग र जरा हो । रामनाथ दाहाल , रत्नकुमार वान्तवा जस्ता होनहार कर्मठ नेताहरूले उठान गरेको प्रदेश हो । तिनको त्याग र बलिदानबाट आन्दोलन जुरुक्क उठेको क्षेत्र हो । कोसीमा तर यतिका वर्षपछि पनि एउटा पनि प्रभावशाली नेता स्पष्ट रूपमा नदेखिनु भारी अचम्म होइन र ? यस क्षेत्रका को को नेता कति पानीमा छन् । ककस कार्यक्रम गरे हुन्छ । कुन नेताले कोसीको पार्टीलाई कसरी सक्रिय पार्छन् भन्ने संवाद गरे हुन्छ । त्यसै टीका लगाइदिएर हुन्छ र ? मदनको माला जप्ने तर मदनकै लयमा पार्टी सञ्चालन गर्ने पनि नेता छन् अनिकाल परेको होइन र छैन । त्यसैले केन्द्रीय सदस्य भइसकेको जिल्ला पार्टीको सदस्य भई जिम्मेवारी कुशलतापूर्वक पूरा गरेको जबजको मर्म बोध गरेको तीन सको सिद्धान्तमा प्रतिबद्ध यो लेखक कोसी प्रदेश अध्यक्षको दाबेदार हो र हुनेछ । आउनु होस् स्वास्थ्य प्रतिस्पर्धा गरौँ । मैले प्रस्तुत गरेका पार्टी सबलीकरणका प्रस्तावहरू हेर्नु होस् । उम्मेदवार हुने र त्यसमा इच्छा जाहेर गर्नेले जितेपछि गर्ने स्पष्ट खाका र योजना बताउन सक्नुपर्छ । कम्तीमा आफ्नो  नेतृत्व मातहत पार्टी र नेतृत्वमा उत्पन्न जस्तासुकै समस्या समाधान गर्ने क्षमता हुनुपर्छ ।  त्यति हुँदाहुँदै पनि एक्लो वीर बन्न खोज्ने दुस्साहस गर्नु हुन्न ।  

अहिले धमाधम प्रदेश समितिको अधिवेशन हुन लागिरहेको छ  तर सरदर हालत माथि भनेझैँ देखिन्छ । कोसी प्रदेश कम्युनिस्ट आन्दोलनको मलिलो जग र जरा हो । रामनाथ दाहाल , रत्नकुमार वान्तवा जस्ता होनहार कर्मठ नेताहरूले उठान गरेको प्रदेश हो । तिनको त्याग र बलिदानबाट आन्दोलन जुरुक्क उठेको क्षेत्र हो । कोसीमा तर यतिका वर्षपछि पनि एउटा पनि प्रभावशाली नेता स्पष्ट रूपमा नदेखिनु भारी अचम्म होइन र ?

 

लेनिन मौका पाउँदा लेख पढ गर्नु हुन्थ्यो । समयलाई अलिकति पनि खेर नफाल्ने नेताहरूको नाम धेरै हुनसक्छ । माओ पनि हर्दम केही न केही पढिरहने लेखि रहने र सोचिरहने गर्नु हुन्थ्यो र न उहाँले बोलेका हरेक वाक्य शिक्षाप्रद र मर्मस्पर्शी हुन्थे । मदन भूमिगत कालमा जहाँ पनि ससानो पुस्तकालय बनाउनु हुन्थ्यो । अहिलेका धेरै जसो उपल्ला तहका नेताका घरमा चार वटा पुस्तक पाइन्न , पुस्तकालयको त कुरै छाडौँ । तिनले उभ्रिएको समय  लेख पढ गरेर सदुपयोग कतै पाइन्न र देखिन्न ।  मदन भण्डारी फाउन्डेसन केन्द्रका कामहरू सकारात्मक छन् प्रदेश लगायत मातहत समिति नाममा मात्र सीमित छन् । जबजको विद्यालय र महाविद्यालयको यो निरीह अवस्था छ । 

 प्रेस वक्तव्य,पर्चा र विरोध वक्तव्य लेख्न नै प्रदेश समितिलाई धौधौ परेको कोसीमा नै देखिन्छ । यस प्रदेशमा पार्टीको हालत अत्यन्त कमजोर रह्यो । संस्कृति विभागका लागि दिएका नामहरू त्यसै कागतमा सीमित भए । महत्त्व नबुझ्दा यस्तो हुँदो रहेछ । जबज अनुसार कोसीमा मात्र होइन  कुनै पनि प्रदेशमा सबल नेतृत्व होला भन्ने लागेको छैन । आँ गर्दा अलङ्कार बुझिन्छ । अहिलेलाई अयोग्य मध्ये योग्य खोजेर काम चलाउनु पर्ने अवस्था होला ।

 

एक पटक मौका पाएर पनि काम चलेन भने अर्को आउनै पर्छ । तर एक वर्ष भन्दा बढी प्रदेश अध्यक्षमा भरसक दोह¥याउन हुन्न । काम र जिम्मेवारीको अवसर अरू सक्षमले पनि पाउनु पर्छ ।   

मैले त पार्टी अध्यक्षलाई नै एक भेटमा भनेकै हो । जे जस्तो नेतृत्व आए र ल्याए पनि त्यसलाई बनाउन सकिन्छ । एउटा मानिस प्रहरीको तालिममा पर्दा सखुवाको काठसरह हुन्छ भने सेनाको तालिममा पर्दा फलाम सरह सबल हुन्छ । बनाउने हो तर उमेर धेरै भड्किएको हुनु भएन । ६० वर्षबाट उकालो लागेको सुस्त शिथिल र भुलक्कडलाई मरिगए बनाउन सकिन्न । छ सुते फलामलाई दोबार्न सकिन्न । एक पटक मौका पाएर पनि काम चलेन भने अर्को आउनै पर्छ । तर एक वर्ष भन्दा बढी प्रदेश अध्यक्षमा भरसक दोह¥याउन हुन्न । काम र जिम्मेवारीको अवसर अरू सक्षमले पनि पाउनु पर्छ ।   

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ६ : ४३ बजे