साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अमेरिकामा अश्वेत युवकलाई गोली हान्ने प्रहरी अधिकारी पक्राउ

काठमाडौँ । अमेरिकाको मिनसोटामा एक जना मोटर चालक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको आरोपमा एक जना श्वेत प्रहरी अधिकृतमाथि गैरन्यायिक हत्या (सेकेन्ड डिग्री म्यानस्लटर) को मुद्दा चलाइने अभियोजनकर्ताहरूले बताएका छन्।

बिबिसीका अनुसार ती प्रहरी अधिकारी किम पोटरलाई गिरफ्तार गरिएको छ र उनलाई हिरासतमा राखिनेछ। पोटरले चाहिँ २० वर्षीय डन्टे राइटमाथि दुर्घटनावस गोली चलाएको बताएकी छन्।

उनले अचेत बनाउन प्रहार गर्नुपर्नेमा गल्तीले बन्दुक पड्कन पुगेको दाबी गरेकी छन्। त्यसबारे प्रतिक्रिया दिँदै राइटका पारिवारिक वकिल बेल क्रुम्पले चाहिँ उक्त हत्या सुनियोजित र शक्तिको गैरन्यायीक प्रयोग भएको बताएका छन्।

पोटर र प्रहरी प्रमुख टिम गानन्‌ले ब्रुकलिन सेन्टर फौज छाडेका छन्। उक्त हत्याले त्यहाँ प्रहरी र प्रदर्शनकारीबीच तीन रात लामो झडप निम्त्याएको छ। उक्त घटना मिनियापलिस क्षेत्र पहिले नै तनावमा रहेका बेला भएको थियो।

त्यहाँ गत वर्ष मारिएका अश्वेत जोर्ज फ्लोइडको हत्याको आरोप लागेका एक जना श्वेत पूर्वअधिकारीमाथि सुनुवाइ हुने क्रममा त्यहाँ तनाव बढेको थियो।मिनसोटाको ब्यूरो अफ क्रिमिनल एप्रिहेन्सन(बीसीए) ले पोटरलाई बुधवार गिरफ्तार गरिएको जनाएको छ ।

उक्त मुद्दा अनुसार उनी दोषी ठहर भएमा बढीमा १० वर्षसम्म कैद र २० हजार डलरसम्म जरिवाना हुनसक्छ। राइटको हत्यापछि उक्त क्षेत्रका दुई वटा सहरका मेयरहरूले त्यहाँ आपत्काल घोषणा गरेका थिए र रात्रिकालीन कर्फ्यु लगाएका थिए।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  ८ : २५ बजे