साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सार्वजनिक बिदाका दिन विद्यालय सञ्चालन गर्नेलाई कारबाही गर्ने काठमाडौं महानगरको चेतावनी

​​​​​​​काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनिक बिदाका दिन विद्यालय खुले कारबाही गर्ने भएको छ ।

विज्ञप्ति जारी गर्दै महानगरले सार्वजनिक बिदाका दिन खुले कारबाही गर्ने चेतावनी दिएको हो ।

भदौ १५ गते शुक्रबार महानगरले महानगरभित्र सार्वजनिक बिदा दिएको उल्लेख गर्दै केही विद्यालयले सूचनाको उल्लंघन गर्दै पठनपाठन सञ्चालन गरेको गुनासो आएको महानगरले जनाएको छ ।

स्थानीय सरकारले गरेका निर्णयहरू अनिवार्य रूपमा पालना गर्न आग्रह गर्दै उल्लंघन गरे कानून बमोजिम कारबाही गर्ने महानगरले बताएको हो ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : ५९ बजे