दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

बम डिस्पोज पछि सडक सुचारु

गोरखा । आज बिहान पाँच बजेदेखि अवरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ । कट्टेल चोकमा बिहानै बम जस्तो देखिने प्रेसर कुकर र बिजुलीका तारहरू देखिएपछि सडक अवरुद्ध भएको थियो । 

शङ्कास्पद बस्तुसँगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको थियो । एमसीसी कार्यान्वयनको विरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले शनिवार नेपाल बन्दको आयोजनाको घोषणा गरेर बम जस्तो बनाएर राखिएको आशङ्का गरिएको छ । 

डिस्पोजका क्रममा कुकरभित्र लाइटर र बिजुलीका तारका टुक्राहरू रहेको पाएको छ । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ११ : ०० बजे