मन्थली विमानस्थलमा पानी पस्यो

सल्यानमा ‘केटी–केटी’ बीच विवाह

सल्यान । सल्यानमा केटी केटी बीच विवाह भएको छ । जिल्लाको बागचौर नगरपालिका १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसी बीच विवाह भएको हो ।

तीन वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको बताउने उनीहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेका हुन् । आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बस्दै आएकी छन् ।

माया बसेकै कारण विवाह गरेको उनिहरुको प्रतिक्रिया छ । ‘हामीहरु केटी केटी नै हौं । समाजले सोचेजस्तो तेस्रो लिंगी पनि होइनौं । कुनै भाइरल हुँनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौँ’ योजनाले भनिन् ।

घरपरिवारले नमानेको कारण मन्दिरमा गएर सिन्दुर र पोते लगाएको र अब घरमै विधी पुरा गरेर खुला रूपमा विवाह गर्ने तयारी भएको योजना केसीको भनाइ छ । अहिले अमिसाको घरमा परिवारले विवाह स्वीकार गरिसकेको र योजनाको घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेको उनिहरुको भनाइ छ ।दुवैजना स्थानीय जनकल्याण क्याम्पस थारमारेमा अध्ययनरत विद्यार्थी हुन ।

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ५६ बजे