मन्थली विमानस्थलमा पानी पस्यो

गोरखाको कट्टेचोकमा कुकर बम फेला

गोरखा । गोरखा नगरपालिका वडा नम्बर ८ स्थित कट्टेल चोकमा कुकर बम जस्तो देखिने प्लास्टिकले बेरेको अवस्थामा एउटा पुरानो कुकर बीच बाटोमा फेला परेको छ । बिजुलीका तारसहित कुकुर देखेपछि यात्रुहरूले प्रहरीलाई खबर गरेका थिए ।

बमको आशङ्कामा नेपाली सेनाको टोली डिस्पोजलका लागि यतिबेला चोकमा तैनाथ रहेको छ । मानिसहरूलाई त्रसित बनाउन बम बनाएर कसले के प्रयोजनका लागि राखेको हो भन्ने खुल्न सकेको छैन । जिल्लाका सुरक्षा निकायको टोली यतिबेला कट्टेल चोक क्षेत्रमा तैनाथ छन् ।

बीचबाटोमा राखिएको बस्तु विस्फोटक पदार्थ हुन सक्ने भएकाले यसलाई डिस्पोजल गर्न लागिएको गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  ७ : ५२ बजे