काठमाडौँ । नेपाल पत्रकार महासंघ काठमाडौँ शाखामा प्रेस चौतारी नेपाल काठमाडौँ शाखाले ताला लगाएको छ ।
महासंघले नयाँ सदस्यता वितरणमा विभेदकारी भूमिका खेलेका भन्दै प्रेस चौतारीले शुक्रबार ताला लगाएको हो ।
चौतारीमा आवद्ध भएकाहरुको सदस्यता छानीछानी काटेको उनीहरुको आरोप छ । आन्दोलनको पहिलो चरणमा खबरदारी स्वरुप ताला लगाएको चौतारीले जनाएको छ ।
पत्रकारिता क्षेत्रमा क्रियशिल रहेका पत्रकारहरूलाई अपमानजनक ढङ्गले सदस्यबाट वञ्चित गर्ने महासंघको निर्णय षड्यन्त्र र प्रतिशोधपूर्ण रहेको चौतारीले जनाएको छ ।
प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार २ : २८ बजे
प्रतिक्रिया