‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

यस्तो छ आजको तरकारी तथा फलफूलको भाउ (सूचीसहित)

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

जस अनुसार नेपाली गोलभेँडा प्रतिकेजी मूल्य ९५, भारतीय ठूलो गोलभेँडा १०६, टनेल गोलभेँडा सानो ९९, लोकल गोलभेँडा सानो ७६, घिउ सिमी लोकल १०५ ,घिउ सिमी(हाइब्रीड) १०६, काउली स्थानीय प्रतिकेजी १२०, आलु रातो ५६, मुडे आलु रातो ५३, भारतीय आलु रातो ३५, लौका ६६, हरियो फर्सी ५६, घिरौला ६६, चिचिण्डो ६६ र परबल ५५ रुपँैया कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी, बन्दा लोकल ७५, भन्टा लाम्चो ७५, भन्टा डल्लो ७५ ,तने बोडी ११५, भटमास कोसा ८६, टाटे सिमी ८५, तितो करेला ११५, मूला ९६, मूला सेतो लोकल ९५, गाजर १२५, भिण्डी ५५, स्कुस ५५ मा कारोबार भईरहेको छ ।

ब्रोकाउली ३१३, डल्लेच्याउ ४३३, कन्य च्याउ २४८, कुरीलो ५७५, न्यूरो ८६, तोफु ११६ र तामा ९६, रायो साग १९३, तोरी साग ५५ तोकिएको छ ।

समितिका अनुसार प्याज सुकेको (भारतीय) प्रतिकिलो ७४, लसुन सुकेको चाइनिज २३७, लसुन सुकेको नेपाली २५५, काक्रो लोकल १३०, काक्रो हाइब्रीड ८५, कागती १५०, अदुवा २०८, खु्र्सानी हरियो १२५ , अकबरे खुर्सानी २५०, हरियो धनिया २३० रहेको छ ।

त्यसैगरी, स्याउ(फूजी) प्रतिकिलो ३३५, केरा (दर्जन) १५६, अनार २९०, कालो अंगुर ४७५, तरबुजा ७५, रुख कटहर ६५, लोकल नासपाती ७६, चाइनिज नासपाती २९०, अम्बा ११०, मेवा (भारतीय) ९६, किवि ७५०,आभोकाडो ३०० तोकिएको समितिले जनाएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८०, शुक्रबार  ९ : १७ बजे