मन्थली विमानस्थलमा पानी पस्यो

६० किलो अवैध सुन प्रकरण क्रिप्टोकरेन्सीमा पनि

काठमाडौं । नेपालको अन्तराष्ट्रि विमानस्थल हुँदै अवैधरुपमा नेपाल भित्रिएको साँढे ६० किलो सुन तस्करी प्रकरणमा नेपालमा अवैध भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीको कारोबार पनि जोडिएको छ ।

अवैध सुन तस्करहरुको समुहले सुनको पेमेन्टका लागि क्रिप्टोकरेन्सीमा कारोबार गर्ने गरेको अनुसन्धानका क्रममा पत्ता लागेको केन्द्रीय अनुसन्धान व्युरो सीआईबीले जनाएको छ ।

‘ सीआईबीका अनुसार केही पैसा हुण्डीबाट पनि गएको देखिन्छ भने ठूलो रकम क्रिप्टोमार्फत कारोबार भएको पाइएको छ । यसबारे अहिले अनुसन्धान जारी छ उनले भने । सुन तस्करी प्रकरणमा क्रिप्टो जोडिएपछि सीआईबी सुन प्रकरणको अनुसन्धान समितिमा सीआईबीका डिजिटल फरेन्सिक प्रमुख एसपी एमएम धामीलाई पनि अनुसन्धान खटाएको स्रोतले जनाएको छ । क्रिप्टोकरेन्सी सम्बन्धी अनुसन्धानको विज्ञका रुपमा उनलाई अनुसन्धानमा जोडिएको हो ।

यस गिरोलाई अनुसन्धानको गहिराईसम्म पुग्ने क्रममा अनुसन्धान गर्दै जाँदा संगठित रुपमा खटिएको पाइएको छ । सीआइबीका अनुसार विगतको तुलनामा यो गिरोहसँग अत्याधुनिक प्रविधि भएकाले
‘हालसम्मकै शक्तिशाली गिरोहको रुपमा लिएको जनाएको छ । अवैध सुनप्रकरणमा अहिलेसम्म २४ जना प्रहरीको नियन्त्रणमा परिसकेका छन् । पक्राउ पर्नेमा ६ जना विदेशी नागरिक छन् । सो प्रकरणमा चाँइनिजहरुको मुख्य संलग्नता रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  ६ : ३७ बजे