‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी ८० रुपैयाँ, भारतीय ठुलो गोलभेँडा १००, टनेल गोलभेँडा सानो ७०, लोकल गोलभेँडा सानो ५०, घिउ सिमी लोकल १००, काउली स्थानीय प्रतिकेजी ११०, आलु रातो ५५, मुडे आलु रातो ५२, भारतीय आलु रातो ३५, लौका ८०, हरियो फर्सी ७०, घिरौँला प्रतिकिलो ७० रुपैयाँ कायम भई कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ४०० रुपैयाँ, बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०, मूला हाइब्रिड सेतो ९०, भन्टा डल्लो ९०, भन्टा लाम्चो ७०, टाटे सिमी ८०, तितो करेला १००, ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी ५०, निगुरो ८०, रातो बन्दा १५० रुपैयाँ, लोकल काँक्रो १३०, अदुवा प्रतिकेजी २३०, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ, रहु माछा ३१५, छडी माछा २३५, मुंगरी माछा २८० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ५००, लप्सी ७०, हरियो धनियाँ २००, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, गुन्द्रुक प्रतिकेजी २५०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो २५०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, तोफु ११०, पिँडालु ७०, तामा ९०, चुकुन्दर ८०, कन्य च्याउ २५०, तने बोडी प्रतिकेजी ९० रुपैयाँ रहेको छ ।

यस्तै, केरा दर्जनको १६०, अनार २८० रुपैयाँ, नास्पाती ७०, एभोकाडो २५० रुपैयाँ, कालो अङ्गुर ४००, किवी ७००, रुख कटहर ६०, सरिफा २००, फुजी स्याउ ३२०, अम्बा १००, जुनार ३००, रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८०, बिहिबार  १० : ५७ बजे