सुनको मूल्यमा नयाँ कीर्तिमान

अध्यक्ष ओलीले दिए नेपाली क्रिकेट टिमलाई जितको शुभकामना

काठमाडौं  । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टिमलाई जितका लागि शुभकामना दिनुभएकाे छ ।

आज देखि पाकिस्तानमा सुरु हुने एसिया कप खेल्न लागेको नेपाली क्रिकेट टिमलाई अध्यक्ष ओलीले शुभकामना दिनुभएकाे हाे ।

‘र, प्रतीक्षाको घडी समाप्त भएको छ । नेपाली टिमले आज पहिलो पटक एसिया कप खेल्दै छ । यसका लागि हामी सबै नेपालीले लामो समयदेखि सपना देखेका थियौं । विश्वको नम्बर वान क्रिकेट टिम पाकिस्तानसँगको म्याचमा जितका लागि शुभकामना !’ अध्यक्ष ओलील फेसबुकमा लेख्नुभएकाे छ ।

अध्यक्षले नेपाली खेलाडीहरुको हौसला बढाउन एक भिडियो क्लिप पनि सेयर गर्नुभएकाे छ ।

१६औँ एसिया कप क्रिकेट प्रतियोगिता आजबाट पाकिस्तानमा सुरु हुँदैछ । उद्घाटन खेलमा नेपाल र आयोजक पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

मुल्तान क्रिकेट रंगाशालमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ११ : १३ बजे