पाल्पा । पाल्पाको जोर्ते दुर्घटना तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।
तम्घासबाट बुटवलका लागि छुटेको लु१ज ४६०० नम्बरको स्कारर्पियो आज बिहान रिब्दीकोट गाउँपालिका—२ जोर्तेमा ढुङ्गासहितको खसेको पहिरोले स्कारर्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरुको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते आठ जनाको युनाईटेड मिसन अस्पताल तानसेनमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा स्थानीय र प्रहरीसहितको टोली उद्धार गरेका छन् । सुख्खा पहिरोले स्कार्पियो च्यापिएर सडकको छेउमा रहेको छ ।
प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार १० : १५ बजे
प्रतिक्रिया