मन्थली विमानस्थलमा पानी पस्यो

सचिवालय बैठकमा सहभागी हुन एमाले अध्यक्ष ओली विराटनगर हुँदै सिराहा जानुहुने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको सचिवालय बैठकमा सहभागी हुन अहिले केही बेरमा सिराहा जाँदै हुनुहुन्छ ।

अध्यक्ष ओलीको सचिवालयका अनुसार साढे ८ बजे विराटनगर हुँदै अध्यक्ष ओली सिराहाको सर्रेअम्बास पुग्ने कार्यक्रम छ । 

बैठक बिहान साढे ११ बजे सुरु हुने जनाइएको छ । पार्टी सचिवालयका महासचिवसहित अन्य नेताहरू जनकपुर हुँदै सिराहा जान विमानस्थल पुगिसक्नुभएको छ । 

भदौ ९ गते गर्ने भनिएको सचिवालय बैठक वर्षाका कारण स्थगित भएको थियो । 

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ८ : ५४ बजे