मन्थली विमानस्थलमा पानी पस्यो

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । 

बैठक सिराहाको धनगढीमाई नगरपालिका सर्रे अम्बासमा आज बिहान ११ः०० बजे बस्न लागेको हो ।

यही भदौ ९ गते बस्ने भनिएको एमाले सचिवालय बैठक अम्बासमा बाढी आएपछि आजसम्मका लागि स्थगित भएको थियो । बैठकले मिसन ग्रासरुट अभियानको समीक्षा गर्नुको साथै केन्द्रीय कमिटी बैठकको मिति तोक्ने एमालेले जनाएको छ । 

अम्बासमा २०४६ मा भएको एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा चयन हुनुभएका थियो। सोही ऐतिहासिक स्थानमा पार्टीको सचिवालय बैठक राखिएको एमाले मधेस प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव योगेश भट्टराईले बताउनुभयो । 

 

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : ३३ बजे