काठमाडौं । पाकिस्तानको इस्लामावादस्थित उच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई सुनाइएको तीन वर्षको जेल सजय खारेज गरेको छ ।
यसअघि ट्रायक कार्टले राज्यको उपहार बेचेको आरोपमा खानलाई तीन वर्षको जेल सजाय सुनाएको थियो ।
ट्रायल कोर्टको फैसलाविरूद्व खान उच्च अदालत पुगेका थिए । इस्लामावादको उच्च अदालतले ट्रायल कोर्टको फैसला उल्टाएको हो ।
दुई सदस्यीय बेन्चले मंगलबार खानलाई जमानतमा रिहा गर्न आदेश दिएको हो।
प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार ४ : ३५ बजे
प्रतिक्रिया