हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

बैतडीको विमानस्थल टिकटक बनाउने थलो

बैतडी । बैतडीको पाटन विमानस्थल अहिले टिकटक बनाउनेहरुको थलो बनेको छ ।

तीन वर्षअघि रु ११ करोड खर्च गरेर २० मिटर चौडा र पाँच सय ८० मिटर लामो धावनमार्गमा जहाज नआउँदा स्थानीयवासीका लागि टिकटक बनाउने थलोका रुपमा परिणत भएको छ । गएको डेढ वर्षदेखि यात्रु अभावकै कारण विमानस्थल बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । 

उडान बन्द भएपछि अहिले धावनमार्गमा बसेर टिकटक बनाउने, फोटो खिच्ने स्थलका रुपमा परिणत हुनुका साथै धावनमार्गमा घाँस पनि उम्रिन थालेको छ । विमानस्थल संरक्षणका लागि बनाइएको घेरा, पर्खाल र  तारजालीहरु पनि जिर्ण बनेका छन् ।

विसं २०३६ देखि २०५२सम्म नियमित उडान हुने यस विमानस्थलमा द्वन्द्वका बेला आगजनी गरी ध्वस्त बनाइएपछि बन्द भएको थियो । द्वन्द्वका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त बनाइएपछि २०५२ सालयता विमानस्थल पूर्ण रूपमा बन्द थियो ।

डेढ वर्षयता पाटन विमानस्थलमा व्यावसायिक उडान नहुँदा झन्डै रु १६ करोडका संरचनाहरू प्रयोगविहीन बनेका छन् । २०७७ असोज १७ गते परीक्षण उडान गरी असोज ३० गतेदेखि धनगढी–बैतडी–धनगढी साप्ताहिकरुपमा नियमित रुपमा हवाई सेवा सुरु भएको थियो । 

नियमित उडान नहुने र भाडा पनि महँगो भएकाले बैतडीसँगै दार्चुलाका नागरिकहरूले हवाई सेवा पाउन सकेका छैनन् । 

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  २ : २४ बजे