बेपत्ता भएका गुल्मपति पण्डित अझै भेटिएनन्

काठमाडौं । डोल्पाको दुनैस्थित नेपाली सेनाको नन्दबक्स गुल्मका गुल्मपति प्रमुख मेजर विमल पण्डित अझै फेला पर्न सकेका छैनन् ।

आइतबार साँझ इभिनिङ वाकमा जाने भन्दै ब्यारेकबाट निस्किएका पण्डित सम्पर्कविहीन भएका हुन् ।

उनी त्रिपुराकोटतर्फ गएको पत्ता लागेको र त्यहाँ भन्दा धेरै केही जानकारी पाउन नसकेको प्रहरीले जानकारी दिएको छ । उनको मोबाइल फोनको अन्तिम लोकेशन पनि त्रिपुरा आसपास नै देखाएको छ।

उनको खोजीका लागि चारवटा सुरक्षा निकाय नै खटिएका छन् । उनको खोजीमा नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारी खटिएका छन् ।

उनले आफ्नो पीएसओसमेत नलिइकन ब्यारेकबाट निस्किएका थिए ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  १२ : ३९ बजे