हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

रतन टाटाको निधन

एमाले सचिवालय बैठक बस्दै

कारबाहीको मागसहित मृतकका आफन्तद्वारा अस्पताल अगाडी प्रदर्शन

धनगडी । किड्नीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने क्रममा बिरामीको मृत्यु भएको घटनालाई लिएर धनगढीको स्वस्तिक अस्पतालमा मृतकका आफन्तले प्रदर्शन गरेका छन् ।

चिकित्सकको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै लापर्वाही गर्ने माथि कारबाहीको मागसहित मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । किड्नीमा पत्थरीको समस्याका बिरामी कञ्चनपुरको बेलौरी नगरपालिक–१० का ५५ वर्षीय ओजनलाल चौधरीको शल्यक्रिया गर्ने क्रममा आज मृत्यु भएको थियो ।

चौधरीलाई तीन दिनअघि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रिया गर्ने क्रममा अत्यधिक रक्तश्राव भई चौधरीको मृत्यु भएको भन्ने जानकारी आएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता शिवराज जोशीले बताउनुभयो । प्रदर्शनपछि अस्पताल परिसरमा प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ६ : ५४ बजे