‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सुनको मूल्य स्थिर हुँदा चाँदीको सामान्य घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ११ हजार एक सय कायम भएको छ । 

पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्य स्थिर रहँदै आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला रु एक लाख १० हजार पाँच सय ५० कायम छ । 

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार चार सय ६० तोकिएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार  ११ : २० बजे